भोलिदेखि फेवा किनारमा उड्नेछन् ‘१७ हट एयर बेलुन’

पाेखरा | पुस ८, २०८१

भोलिदेखि फेवा किनारमा उड्नेछन् ‘१७ हट एयर बेलुन’

पोखरा:

पर्यटनको राजधानी पोखरामा भोलिदेखि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुँदैछ ।

 

पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सवको आयोजना गरेका हुन् ।
 

फेवाफाँटमा (भोलि) ९ देखि–१७ गतेसम्म महोत्सव सञ्चालन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

 

उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन् । १७ वटा हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।

 

महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन् ।

 

बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए ।

 

साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुनेछन् ।

 

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् ।

 

महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।

 

महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ ।

 

करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ । 

 

२४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।

 

सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्