भोलिदेखि फेवा किनारमा उड्नेछन् ‘१७ हट एयर बेलुन’
पाेखरा | पुस ८, २०८१
पोखरा:
पर्यटनको राजधानी पोखरामा भोलिदेखि नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुँदैछ ।
पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सवको आयोजना गरेका हुन् ।
फेवाफाँटमा (भोलि) ९ देखि–१७ गतेसम्म महोत्सव सञ्चालन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन् । १७ वटा हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।
महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन् ।
बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए ।
साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुनेछन् ।
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् ।
महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।
महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ ।
करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ ।
२४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।
सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

